यौन दुर्व्यवहार कसुरमा तीन महिना कैद सजाय
७ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा धादिङ जिल्ला कटुन्जेका ४२ वर्षीय रेशम परियार भन्ने रेशमबहादुर दर्जीलाई नुवाकोट जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले असार २६ गते दर्जीलाई तीन महिना कैद सजाय, ७ हजार रुपैयाँ जरिवाना, ३० हजार रुपैयाँ क्षतिपूर्ति र २ सय ८० रुपैयाँ पीडित राहत कोषमा दाखिला गराउन फैसला गरेको जिल्ला अदालतकी श्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनुभयो ।
कसुरदारले म्यागङ गाउँपालिका–५ सामरीमा बालिकालाई ०८० फागुन २ गते बाल यौन दुरुपयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा फागुन १४ गते पीडित पक्षले उजुरी दिएको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण त्रिशूली अस्पतालमा फागुन १४ गते नै भएको थियो । कसुरदालाई जिल्ला अदालतले ०८० चैत १४ गते ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…