यौन दुर्व्यवहार कसुरमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदातलले आठराई गाउँपालिका-६ का ३७ वर्षीय सूर्यकुमार कन्दङवालाई तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार २५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३० हजार जरिबाना र पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितलाई बालिकालाई आरोपितले ०७९ माघ १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७९ माघ १९ गते घरबाटै गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा फागुन ११ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता थियो ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०७९ फागुन ११ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ माघ १९ गते गरिएको थियो ।


सुरेश खत्री