यौन दुर्व्यवहार कसुरमा एक वर्ष तीन महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले फेदाप गाँउपालिक–२ का २८  वर्षीय वुद्धि लिम्बूलाई एक वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०७९ चैत २१ गतेको इजलासले कसुर गरको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २१ हजार रुपियाँ क्षतिपूर्ति र २१ हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितलाई आरोपितले ०७९ कात्तिक २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २१  गते जिल्ला प्रहरी कार्यालय  उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा  आरोपितलाई प्रहरीले ०७९ कात्तिक २१  गते घरबाटै गिरफ्तार गरी मङ्सिर १४ गते जिल्ला अदालतमा यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता थियो ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलेको मङ्सिर १४ गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २१ गते गरिएको थियो ।


सुरेश खत्री