यौन दुर्व्यवहारपछि हत्या घटनाका आरोपित गिरफ्तार
ढिकुरपोखरी-१ गैरीस्वाराकी १० वर्षीया कञ्चन विकलाई यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा ढिकुरपोखरी-१ का २० वर्षीय इश्वर विक र बाग्लुङ जिल्ला पालाकोट-४ का ४० वर्षीय झलक कुँवरलाई असोज २३ गते कास्की प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई असोज २३ गते यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा अभिभावकले असोज २३ गते नै प्रहरीमा उजुरी दिएका थिए ।
'कञ्चनलाई बलात्कार प्रयास गर्दा रोइकराइ चिच्याएपछि आरोपितहरूले हत्या गरेका हुन् । नीजहरूलाई हदैसम्म कारबाही गरियोस् ।'-उजुरीमा उल्लेख छ ।
सोही उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको नागडाडा प्रहरी चौकीका इन्स्पेक्टर रामशरण खत्रीले जानकारी दिए ।
पीडित बालिकाको शवको पोष्टमार्टम पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको पनि प्रहरीले जनाएको छ ।
विष्णुप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…