यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला सुरूङ्गा नपा–६ घर भई बुटवल उमनपा बस्ने ५२ वर्षीय सन्तोष चौधरी र सोही ठाउँका २२ वर्षीय देवेन्द्र चौधरीलाई भदौ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १४ गते बालिकालाई दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो ।

आरोपिद्वयलाई गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १४ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।


रीमा बि.सी.