यौन दुर्व्यवहारका आरोपितविरूद्ध उजुरी दर्ता

४५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले मायादेवी गाउँपालिका-३ का ३० वर्षीय दिलीप थारुविरूद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ ९ गते उजुरी दर्ता गरेकी छिन् ।

पीडित महिलालाई आरोपितले जेठ ८ गते यौन दुर्व्यवहार गरेको र पीडित चिच्याएपछि भागेको भनी पीडित महिलाले जेठ ९ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई खोजी कार्य तीव्र बनाएको जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ९ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।


रीमा बि.सी.