यौन दुर्व्यवहार घटनाकाे मुद्दा मुल्तबीमा

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपित सिरहा नगरपालिका-१२ का ३० वर्षीय बिनोद मुखियाविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ जेठ ६ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले पीडितलाई ०७९ जेठ ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ १० गते उजुरी दिएका थिए । त्यस्तै, ०८० जेठ ५ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए पनि आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ १० गते भएको थियो ।


दुर्गा परियार