यौन दुर्व्यवहार कसुरमा एक वर्ष ६ महिना कैद सजाय फैसला
११ वर्षीया बालिकालाई ०७९ वैशाख १५ गते यौन दुर्व्यवहार गरेको कसुरमा कालिका गाउँपालिका–३ बस्ने एनेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य ३९ वर्षीय गणेश विश्वकर्मालाई रसुवा जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेललेको इजलासले ०७९ फागुन १६ गते एक वर्ष ६ महिना कैद, १५ हजार रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ क्षतिपुर्ती पीडितलाई भराउने भनी फैसला गरेको छ ।
विश्वकर्माविरुद्ध वैशाख १६ गते इलाका प्रहरी कार्यालय कालिकास्थानमा उजुरी परेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पताल धुन्चेमा गरिएको थियो ।
विश्वकर्मा वैशाख १५ गते गिरफ्तार भएका थिए ।
प्रहरीले जिल्ला अदालतमा जेठ ९ गते मुद्दा दर्ता गरेकोमा सोही दिन जिल्ला अदालतको आदेशबाट एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…