यौनदुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ १५ गते

७ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ५२ वर्षीय अगनु राइनलाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १४ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षका अनुसार आरोपितले माघ १४ गते यौनदुर्व्यवहार गरेको हो । पीडितको स्वास्थ्य परीक्षण माघ १४ गते प्रादेसिक अस्पताल सिरहामा भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर प्रदिप पौडेलका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।


दुर्गा परियार