यो ठण्डीमा पनि टहरामै पठनपाठन (फोटो फिचर)
भूकम्पले विद्यालय भत्काएको २० महिना भयो । तर, नुवाकोटमा भत्किएका विद्यालयहरूको निर्माणले तीव्रता नपाउँदा विद्यार्थीहरू यो वर्षको चिसोमा पनि टहरामै बस्न बाध्य भएका छन् । सरकारी तहबाट जिल्लामा एउटा पनि विद्यालय भवन निर्माण थालिएको छैन भने गैरसरकारी संस्थाहरूले निर्माण गरिरहेका केही विद्यालय भवन पनि निर्माण सम्पन्न नभएको कारण विद्यार्थीहरू टहरामै बस्न बाध्य भएका हुन् ।
नुवाकोटका ४ सय ५४ वटा विद्यालयमा कुनै कुनै कक्षा कोठा नभत्किएको एउटै विद्यालय छैन भने अधिकांश विद्यालय शतप्रतिशत भत्किएका थिए । अहिलेसम्म १३ वटा मात्र विद्यालय निर्माण सम्पन्न भएकोमा पनि विद्यालय पूर्ण रूपमा निर्माण गरिएको नभएर तीन/चार कोठाका दरले निर्माण गरिएको जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले बताए । ५७ वटा विद्यालय भने निर्माणको क्रममा रहेको उनले बताए ।
जाइका, रुम टु रिड, अल ह्याण्डस्, राउण्ड टेबललगायतका संस्थाले नुवाकोटका विद्यालय पुनर्निर्माणमा सहयोग गरिरहेका छन् । गैरसरकारी संस्थाहरू तथा दातृ निकायले थोरै सङ्ख्यामा विद्यालय पुनर्निर्माणको जिम्मा लिएको र सरकार आफैँले विद्यालय पुनर्निर्माण नथालेको कारण जिल्लाका ६७ हजार विद्यार्थीहरू मध्ये अधिकांश विद्यार्थी टहरामा नै पढ्न बाध्य भएका हुन् ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र…
शहिद परिवारको गुनासो : सरकारले गरेको प्रतिबद्धता पुरा गरेन
मन्त्री परिषद्को ०७९ फागुन १५ गतेको निर्णयले राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिर्वतनको लागि भएको सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई शहिद घोषणा गरेको छ । कोशी प्रदेशमा ताप्लेजुङका…