यूपीआरमा बालअधिकारसम्बन्धमा प्राप्त सुझावबारे छलफल गर्न कार्यशाला सुरु
बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण अभियानको सहकार्यमा विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) २०१५ मा बालअधिकारसम्बन्धी प्राप्त सुझाव र बालअधिकार महासन्धिमा नेपाललाई प्राप्त निष्र्कषणात्मक टिप्पणी २०१६ सम्बन्धी दुई दिने कार्यशाला गोष्ठि साउन ३२ गतेबाट ललितपुरमा सुरू भएको छ ।
कार्यशालामा सहभागी बालबालिकासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बालबालिकाको क्षेत्रमा भइरहेका विभिन्न प्रकारका हिंसा, विभेदलगायतका विषयमा विगतको समीक्षा गर्दै भविष्यमा गर्नुपर्ने कामका सम्बन्धमा सुझाव सङ्कलन गर्नेछन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले यूपीआरमा प्राप्त सुझावहरूको कार्यान्वयनका लागि नीतिगत तहमा सुधारको आवश्यकता रहेको औँल्याइन् ।
उनले बालबालिका विद्यालय जान नसक्नुमा गरिवी, धार्मिक र सामाजिक विभेद तथा बालक र बालिकामा हुने विभेद मुख्य कारक तत्व रहेको र नागरिक समाजको सहयोगबिना राष्ट्रिय मानव अधिकार आयोगले प्रभावकारी ढङ्गले काम गर्न नसक्ने हुँदा सरोकारवाला सबै पक्षको साझा प्रतिबद्धताको खाँचो रहेको बताइन् ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले विश्वव्यापी आवधिक समीक्षामा नेपालले ७५ प्रतिशत सुझाव स्वीकारेको बताउँदै नेपालमा सरकार परिवर्तन भइरहने गरेकाले यूपिआरको सुझाव कार्यान्वयनको अनुगमन गर्न कठिन भएको बताए । कार्यक्रममा उनले अभिभावक वर्गको चेतनाले नै बालबालिकाको अधिकारको संरक्षण गर्ने विचार व्यक्त गरे ।
नागरिक शिक्षाको कमी भएको बताउँदै अध्यक्ष प्याकुरेलले यूपीआर राज्यको राजनीतिक विश्लेषण भएको उल्लेख गरे ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सहसचिव रमेश ढकालले यूपीआरमा प्राप्त १ सय ९५ सुझावहरू मध्ये १ सय ५२ ओटा सुझाव स्वीकार गरिएको तथा ४३ ओटा सुझावहरू अस्वीकृत नभई तत्काल गर्न सक्दैनौ भनिएको बताए । उनले अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई मुलुकको वर्तमान अवस्थासँग कसरी तादम्यता ल्याउने भन्ने मुख्य कुरा भएको बताए । 'मानव अधिकारको अवस्थामा नेपाल निराश हुने अवस्थामा छैनौँ ।'- उनले भने ।
केन्द्रीय बाल कल्याण समितिका निर्देशक तारक धितालले नेपालले बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा प्रतिबद्धता जनाएको भएपनि व्यवहारमा लागु हुन नसकेको उल्लेख गर्दै कार्यान्वयन पक्षमा जोड दिनु पर्ने बताए ।
साउन ३२ गतेबाट सुरू भएको गोष्ठी भदैा १ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
रामकुमारी श्रेष्ठ
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…