यूपीआरको अद्यावधिक समीक्षाका लागि सुझाव सङ्कलन

आगामी मे महिनामा हुने विश्वव्यापी आवधिक समीक्षाको अध्यावधिक समीक्षाको लागि प्रदेश नं ६ स्तरीय दुई दिने सुझाव सङ्कलन कार्य वीरेन्द्रनगरमा माघ २० गते सम्पन्न गरिएको छ ।

जिल्लास्थित अधिकारकर्मी, कानुन व्यावसायी, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागितामा आयोजित सुझाव सङ्कलनको पहिलो दिन इन्सेक केन्द्रीय कार्यालय पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले संयुक्त राष्ट्रसङ्घ, संयुक्त राष्ट्रसङ्घका सयंन्त्रहरू, मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा तथा प्राप्त सुझावहरू र कार्यान्वयनको अवस्था बारेमा सहजीकरण गरेकी थिइन् ।

सुर्खेत निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नवराज रावत, जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष छविलाल सिग्देल, वीरेन्द्रनगर नपाकी उपप्रमुख मोहनमाया ढकाललगायतले मानव अधिकारको अवस्थाका बारेमा जानकारी दिएका थिए ।

विविसीको आयोजना तथा इन्सेक, ओरेक, वाम, र सिजपको समन्वयमा समग्र मानव अधिकारका साथै महिला अधिकार र बाल अधिकारसँग केन्द्रित रहेर सुझाव सङ्कलन गरिएको विविसीका शारदा सुब्बाले बताइन् ।


दुर्गा थापा