यातायात मजदुरमाथि धारिलो हतियार प्रहार

  ०७९ भदौ ८ गते

वीरेन्द्रनगर नपा–९ घरभई हिल्सा यातायात समिति, सुर्खेतमा कार्यरत ३४ वर्षीय यातायात मजदुर ललित गुरुङ्गलाई भदौ ७ गते दिउँसो सोही ठाउँका ३८ वर्षीय उपेन्द्र शाही र पटक शाहीले धारिलो हतियार प्रहार गरेका छन ।

ढाँडमा चोट लागेका ललितको माया नर्सिङहोममा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिनु भएको छ ।

घाइतेको अवस्था सामान्य रहेको छ । घटनामा संलग्न दुवैजना फरार रहेको र हाल खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कार्कीले बताउनुभयो ।

हिल्सा यातायात समिति सुर्खेतमा कामगर्दै आएका ललितलाई केही दिनअघि समितिले कामबाट निकालेको थियो । सोही विषयमा उनीहरूबीच सामान्य विवाद भएपछि उपेन्द्रले ललितको ढाँडमा चक्कु प्रहार गरि फरार भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
PhotoSurkhet20220822..


प्रभा रावत