'यातना होइन प्रमाण दरिलो बनाउ'-आयोग सदस्य पौडेल
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले नेपालमा अझै पनि यातना दिएर आरोपित व्यक्तिलाई सावित गराउने गरेकोमा आयोगको ध्यानाकर्षण भएको बताएका छन् ।
चौथो राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयनको अवस्थाका विषयमा दैलेखमा भएको अन्तरक्रियामा सदस्य पौडेलले यातना होइन मुद्दा दरिलो बनाउन प्रमाण जुटाउन सुझाव दिए ।
उनले मानव अधिकारको दृष्टिकोणबाट यातना पीडितलाई क्षतिपूर्ति दिनुपर्दा राज्यकोषबाट तिर्ने त्रुटीपूर्ण कानुनका कारण प्रहरी हिरासतमा अझै पनि १७ प्रतिशतले यातना पाउने गरेको स्वतन्त्र अध्ययनले देखाएको उल्लेख गरे ।
त्यसबखत उनले सेवा लिन आउने विशेष व्यक्ति र सर्वसाधारण सबैलाई बराबर मर्यादा तथा चासो दिन सके मात्र मानव अधिकारमैत्री सेवा तथा संस्कार मान्न सकिने बताए । आयोगका सदस्य पौडेलले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला स्तरीय चौथो राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयन समितिलाई क्रियाशील गराउन सचेत गराए ।
चौथो राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयन समिति दैलेखका जिल्ला संयोजक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले मानव अधिकारको प्रवर्धनमा काम गरिरहे पनि आवधिक प्रतिवेदन सम्प्रेषण नगरिँदा काम नगरेको जस्तो भएको बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारी खरेलले चौथो राष्ट्रिय मानव अधिकार कार्ययोजनाको महत्वका विषयमा छलफल चलाएका थिए ।
अमर सुनार
सम्बन्धित समाचारहरू
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…
जातीय विभेद घटनाका आरोपितद्वय गिरफ्तार
मेचीनगर नगरपालिका-१० की ३६ वर्षीया रञ्जु विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । जातीय विभेद गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१० की ४७ वर्षीया मैयाँ दाहाल…