यातना पीडित बालिकालाई इन्सेकको सहयोग
मन्थली नगरपालिका–६ भलुवाजोरकी कुटपिट गरी बाँधेर यातना पाएकी १३ वर्षीया बालिकालाई ०७८ चैत ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ ।
इन्सेकको पीडित सहायता कार्यक्रम अन्तर्गत इन्सेक जिल्ला प्रतिनिधिको पहलमा सो सहयोग गरिएको हो ।
पीडित परिवारलाई मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक अधिवक्ता पाण्डव प्रसाईँले इन्सेकको तर्फबाट सहयोग स्वरुप प्राप्त ५ हजार रुपियाँ पीडितका बुवालाई प्रदान गर्नुभयो ।
पीडित बालिकालाई गैर दलित समुदायको घरमा प्रवेश गरेको आरोपमा कुटपिट गर्नुका साथै ०७८ फागुन ३० गते अपराह्नदेखि २१ घण्टासम्म बाँधेर राखिएको थियो ।
पीडित परिवारले चैत २ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा अपहरण तथा शरीर बन्धनको मुद्दा दर्ता गरेको छ ।
साथै जातीय विभेदविरुद्धको मुद्दा दर्ताको प्रक्रिया पनि अघि बढेको छ ।
घटनामा संलग्नलाई कारबाहीको माग
यसैबीच इन्सेकको सहजिकरणमा गठित मानव अधिकार संरक्षण सञ्जाल रामेछापले दलित बालिका माथि भएको जातीय विभेद सहितको अमानवीय व्यवहारको घटनमा संलग्नलाई कारबाहीको माग गरेको छ ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापकाले ०७८ चैत ६ गते एक विज्ञप्ति जारी गरी सामाजिक रूपमा हुने यस्ता घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।
सञ्जालले घटनालाई गम्भीरता पूर्वक लिई पीडकलाई कारबाहीको दायरमा ल्याउन माग गरेको हो ।
सञ्जालका संयोजक पाण्डव प्रसाईँले हस्ताक्षर गरी जारी गर्नुभएको विज्ञप्तिमा कुनै पनि प्रभाव तथा दबाबमा नपरी घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरिएको छ ।
विज्ञप्तिमा यस्ता खाले घटना दोहोरिन नदिन सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्न समेत सरोकारवाला निकायसँग माग गरिएको छ ।
मन्थली नरपालिका–६ की एक १३ वर्षीय बालिकालाई गैरदलितको घरमा पसेको आरोपमा गत चैत ३० गते २१ घण्टासम्म बाँधेर कुटपीट गरिएको थियो । घटनाका आरोपीलाई प्रहरीले गिरफ्तार गरेर अनुसन्धान जारी राखेको छ ।
नबराज पथिक
सम्बन्धित समाचारहरू
बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय
२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बरहथवा नगरपालिका–३ का ३४ वर्षीय नरेश महतो नुनीयालाई जिल्ला अदालत सर्लाहीले जेठ १८ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत…
पत्नी हत्या कसुरमा १५ वर्ष कैदको फैसला
बबई गाउँपालिका–१ की ३४ वर्षीया खुमी बोटेको हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मृतकका पति ४० वर्षीय लालबहादुर बोटेलाई १५ वर्ष कैद सजायको फैसला गरेको छ । बोटेले पत्नीलाई…
बलात्कार घटनाको कसुरमा दश वर्ष कैद सजाय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साहलाई जेठ १९ गते १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले…
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…