यातना नियन्त्रण विधेयकमा सुधारका लागि अपिल
लामो समयदेखि संसदमा विचाराधिन यातना तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार (नियन्त्रण) विधेयक ऐनको रुपमा जारी हुने क्रममा रहेको समाचारप्रति जवाफदेहिता निगरानी समिति तथा लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्था (डिफ्रि) ले ध्यानाकर्षण भएको जनाएका छन् ।
दुवै संस्थाले भदौ १७ गते संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विधेयक सुधारका लागि अपिल गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
'यस विधेयकको सम्बन्धमा हाम्रा गम्भीर सरोकारहरू रहेका छन् । यातनाजन्य कसुर (यातना तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार) को रोकथाम र नियन्त्रण विश्वव्यापी सरोकारको विषय भएको हुँदा यस विधेयकका सुधारयोग्य पक्षहरुका सम्बन्धमा गहन अध्ययन हुनु जरुरी छ । यस विधेयकलाई ऐनको रूपमा पारित गर्नु अघि संसदले विषय विज्ञ, मानव अधिकार समुदाय र अन्य सरोकारवालाहरूसँग देशव्यापी छलफल तथा परामर्शहरू गर्नु उचित हुने यस समितिको ठहर छ ।'-विज्ञप्तिमा भनिएको छ ।
केवल राज्य पक्षबाट हुने यातनाजन्य कार्यहरु मात्र विधेयकमा समेटिएकोले यो विधेयक आफैंमा एकपक्षीय र अपूर्ण देखिएको भन्दै ती संस्थाहरूले भनेका छन्-'यातना विरुद्धको महासन्धि र जेनेभा महासन्धिहरुलाई अनुसरण गर्दै राज्य पक्षका साथै गैरराज्य पक्ष वा संघसंस्थाका व्यक्तिबाट हुने यातनाजन्य कार्यहरू समेत समावेश गरी विधेयकको क्षेत्राधिकारलाई पूर्ण बनाइयोस् ।'
त्यसैगरी हदम्यादका कारण सशस्त्र द्वन्द्वको क्रमका भएका यातनाजन्य कार्यहरू यस विधेयकको क्षेत्राधिकार भन्दा बाहिर परेको बताउँदै विज्ञप्तिमा भनिएको छ-'अन्तर्राष्ट्रिय अपराधको रूपमा रहेको यातनाजन्य कार्यमा हदम्याद नलाग्ने भएकोले विधेयकमा भएको उजुरी दिने ९० दिनको हदम्याद हटाई सशस्त्र द्वन्द्वकालीन घटनाहरूलाई पनि यस विधेयकको क्षेत्राधिकारभित्र पारियोस् ।'
कसुरदारलाई कैदको विकल्पको रुपमा जरिबाना पनि गर्न सकिने यस विधेयकको व्यवस्था प्रत्यक्षतः पीडकमैत्री भै अत्यन्त त्रुटीपूर्ण रहेको बताउँदै ती संस्थाहरूले यातनाजन्य कसुरमा कैदलाई अनिवार्य गर्न माग गरेका छन् ।
यातनाजन्य कार्यहरूको रोकथाम, नियन्त्रण, अनुसन्धान तथा दण्डप्रणाली तथा पीडितको न्याय तथा परिपूरणको अधिकार सम्बन्धमा विधेयकमा सुधारयोग्य पक्षहरू धेरै रहेको हुँदा त्यसको गहन अध्ययन गरी आवश्यक सुधार गर्न उनीहरूले माग गरेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…