मौसम परिवर्तनका कारण अस्पतालमा बिरामीको चाप बढ्दै ! (फोटो फिचर)

  ०८१ भदौ २८ गते

मौसम परिवर्तनका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनका कारण डेङ्गीका साथै भाइरल ज्वरो, टाइफाइड, झाडापखाला वान्ता, बेहोस हुने लगायतका बिरामी बढ्न थालेका हुन् ।

Photo13092024Banke13

भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काका अनुसार नरैनापुर गाउँपालिका-१, महतिनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफलाइटिस र खजुरा गाउँपालिका-४ का ७२ वर्षीय रिसीलाल बर्मालाई डेङ्गी लागेको भेटिएको छ । एक सातासम्म आइसीयूमा राखेर ती बालिकाको उपचार भएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।

Photo13092024Banke8

मौसममा आएको परिवर्तनसँगै अस्पतालमा रुघा, खोकी, ज्वरो, झाडा पखाला, बेहोस र श्वासप्रश्वास लगायतका बिरामीको सङ्ख्या बढ्दै गएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. खड्काले बताउनु भयो । केही दिनयता चलेको तातो सुख्खा हावा र अत्याधिक गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा भाइरल ज्वरो, रुघा, खोकी, झाडा पखाला, बान्ता हुने, बेहोस हुने र श्वासप्रश्वासका बिरामी बढेको उहाँले बताउनु भयो ।

Photo13092024Banke11

डा. खड्काका अनुसार अस्पतालमा दुई सातादेखि बिरामीको चाप बढ्न थालेपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई समस्या भएको छ । हालसम्म १ सय १३ जना झाडापखालको बिरामी उपचार पाएको र आउने जाने क्रम जारी रहेको उहाँले बताउनु भयो ।

Photo13092024Banke1

Photo13092024Banke2

Photo13092024Banke3

Photo13092024Banke4

Photo13092024Banke5

Photo13092024Banke6

Photo13092024Banke9

Photo13092024Banke10


ध्रुबराज शर्मा