मौसमी फुलुका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि उपचारमा समस्या
मौसम परिवर्तन भएसँगै जिल्ला अस्पतालमा साउन ७ गतेदेखि मौषमी फुलुका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि उपचारमा समस्या भएको जिल्ला अस्पतालकी सिनियर अनमी एवम् निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिनु भयो ।
उहाँका अनुसार ‘ अस्पतालमा सामान्यदेखि जटिल खाले बिरामी भर्ना हुनुका साथै सामान्य चेकजाँच गर्नेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक हप्ता यता जिल्ला अस्पतालमा बहिरंग सेवा कक्षमा दैनिक दिन १ सय ५० भन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आउने गरेका छन ।’
१५ सैयाको जिल्ला अस्पतालमा २२ जना भन्दा बढि इमरजेन्सी वार्डमा भर्ना गर्नु पर्दा थप समस्या भएको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि अन्य कोठामा लगेर भए पनि उपचार गर्नु परेको उहाँको गुनासोे छ । जसमा दैनिक उच्च ज्वरो आउने, रुघाखोकीे लाग्ने, टाउको, मांसपेशीे, जोर्नी, घांटी, पेट दुख्ने र बान्ता हुने जस्ता लक्षणका बिरामी आउने गरेको बोहराले जानकारी दिनुभयो ।
कतिपय बिरामीले चिकित्सकको सल्लाह बिनै एन्टिबायोटिक औषधि सेवन गरेको समेत पाइएको छ । भाइरलको संक्रमण हुनासाथ एन्टिबायोटिक औषधिको सेवन गर्नु उपयुक्त नहुने ,फुलुुको संक्रमण भएका बिरामीले आराम गर्ने, झोलिलो र पोसिलो खानेकुराहरू खाने र संक्रमण बढे तुरुन्तै स्वास्थ्य संस्थामा जान समेत उहाँले आग्रह गर्नु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…