मौलिक हक कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
संविधानमा उल्लेख भएका मौलिकहरूको कार्यान्वयन गर्न माग गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज पाँचथरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई माघ ३ गते ज्ञापनपत्र पठाएको छ ।
संविधानमा व्यवस्था गरिएका दलित समुदायसँग सम्बन्धीत मौलिक हकहरूको कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएको नेपाल उत्पीडित जातीय मुक्ति समाज पाँचथरका इञ्चार्ज वीरबहादुर धमलाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो । उहाँले संविधानमा सबै प्रकारका विभेदको अन्त्य गर्ने केही प्रावधान राखिएको भएता पनि त्यसको व्यवहारिक कार्यान्वयनमा सरकार सक्रिय नभएकाले सरकारको ध्यानाकर्षणका लागि नेपाल सरकारलाई ज्ञापनपत्र पठाएको बताउनु भयो ।
संविधानमा उल्लिखित कुराको कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा समेत ढिलाइ भइरहेको र विभिन्न बहानामा हुने जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि सरकारको ध्यानाकषर्ण गराइएको इञ्जार्च धमलाले बताउनु भयो ।
ज्ञापनपत्रमा संविधानको धारा २४ र धारा ४० मा मौलिक हकका रूपमा स्थापित आधारभूत तहदेखि उच्च शिक्षा र प्राविधिक शिक्षासमेत निशुल्क तथा छात्रवृत्तिसहित अध्ययन गर्ने व्यवस्था गरिनु पर्नेलगायतका मागहरू समावेश गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले संविधानको कार्यान्वयनका लागि माग गर्नु सान्दर्भिक भएकाले ज्ञापनपत्रमाथि तत्कालै कारबाही गरेर सम्बन्धीत निकायमा पठाइने बताउनु भएको छ ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…