मौन अवधिमा मुख्यमन्त्रीको नामबाट सडक कालोपत्रे गरेर मत माग्दै
मौन अवधि लागू भए पनि मङ्सिर २ गते मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नौबिसे बजारमा सडक कालोपत्रे भएको छ ।
निर्वाचन आयोगले स्थिर समय (मौन अवधि) भनेको समयमा निर्वाचन आचार संहिताको उल्लङ्घन र राज्य शक्तिको दुरुपयोग गर्दै मुख्यमन्त्रीले सडक कालोपत्रे गर्न लगाएर आफ्ना कार्यकर्ता मार्फत मत मागेको पाइएको छ ।
मौन अवधिमा आचार संहिता विपरीत मत मागेपछि निर्वाचन अधिकृतको कार्यालय गल्छी र आचार संहिता अनुगमन समितिमा समेत उजुरी परेको छ ।
मुन्यमन्त्री पाण्डे धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ उम्मेदवार हुनुहुन्छ ।
यसैबीच, सत्ता गठबन्धन, एमाले र राप्रपाले काठमाडौँ र पोखराबाट आआफ्ना पार्टीका कार्यकर्तालाई रिजर्भ गाडीमा झण्डा राखेर ल्याउन थालेका छन् । मौन अवधिमा आचार संहिता विपरीत राखिएका झण्डा र ब्यानर मङसिर २ गते प्रहरीले मलेखुमा हटाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बसुमायाँ तामाङले प्रयोग गरेको सवारी साधनबाट व्यानर, स्टिकर झण्डा पनि प्रहरीले हटाएको थियो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…