मौन अवधिमा भोट माग्ने क्रममा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबिच कुटाकुट
मौन अवधिमा भोट माग्दै हिँडेको आरोपमा नेपाली कांग्रेसका कार्यकर्ता र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित डाँडागुठमा वैशाख २८ गते झडप भएको हो ।
चुनावी अभियानका क्रममा माओवादी कार्यकर्ता ३७ वर्षीय पदम राईलाई हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राईको समूहले कुटपीट गरेको आरोप पीडित पक्षको छ ।
कांग्रेस कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका ३४ वर्षीय दीपक राई, ३३ वर्षीय निमेश राई, ३५ वर्षीय एगिन्द्र राई, ३६ वर्षीय रूपाल राई र २३ वर्षीय भुपाल राई घाइते भएका छन् ।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भएको छ ।
नेकपा माओवादी केन्द्रका कार्यकर्ताको कुटपिटबाट कांग्रेस कार्यकर्ता दीपक राई घाइते भएका छन् । उनको हलेसीस्थित करूणा फार्मेसीमा प्राथमिक गरिएको छ ।
घटनाका विषयमा प्रहरीमा उजुरी नआएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्करप्रसाद चौधरीले बताउनु भएको छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…