मौन अवधिमा निर्वाचन आचारसंहित उल्लङ्घन बढ्दो
मौन अवधिमा निर्वाचन आचारसंहित जुम्लामा बढेको छ । मौन अवधिमा यहाँका विषेशगरी ठूला दलका नेताहरू राति गाउँबस्तीमा पस्ने गरेका छन् ।
ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र समाजवादी पार्टीका नेताहरूले निर्वाचन आचारसंहित उल्लङ्घन गर्दै आएको मानव अधिकार रक्षक सञ्जाल, जुम्लाका अध्यक्ष राजबहादुर महतले बताउनु भयो । एक पार्टीले अर्काे पार्टीलाई गाउँबस्तीमा छिर्न नदिनका लागि राति पार्टीका कार्यकर्ताहरू गस्ती र सेन्ट्री बस्ने गरेका छन् ।
हिमा गाउँपालिका–२ ओदी गाउँमा वैशाख २८ गते राति नेपाली काँग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार लक्ष्मण शाही गाउँमा पस्न खोजेपछि समाजवादी पार्टीका कार्यकर्ताले बाटोमै रोकेका थिए । उम्मेदवार शाही गाडी नै लिएर गाउँ पस्न खोजेपछि गाडीका सिसा फुटाउनुका साथै पाग्राको हावा फुस्काई दिएका छन् ।
यस्तै गुठीचौर गाउँपालिका–३ गज्याङ्कोट गाउँमा वैशाख २८ गते राति सामाजवादी र काँग्रेस कार्यकर्ता बीच झडप हुँदा समाजवादीका कार्यकर्ता जगदीश कठायत सामान्य घाइते भएको स्थानीय रामप्रकाश बिकले बताउनु भयो ।
चन्दननाथ नगरपालिक–३ बुढ्थापामा नेपाली काँग्रेसका नेता कार्यकर्ता वैशाख २७ गते राति गाउँमा पस्न खोजेपछि माओवादी केन्द्रका कार्यकर्ताले रोक्नुका साथै भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । गाउँमा पैसा बाडेर भोट किन्न खोजेको भन्ने माओवादी केन्द्रका कार्यकर्ताको आरोप छ । तर नेपाली काँग्रेसका नेता दिलबहादुर महतले बेलुका ७ बजे आप्mना नातेदारका कहाँ भेटघाटमा मात्रै गएको दावी गर्नु भएको छ ।
चन्दननाथ नगरपालिका–७ मिचा गाउँमा वैशाख २८ गते राति समाजवादी र स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतका कार्यकर्ता गाउँमा पस्न खोजेपछि नेपाली काँग्रेसका कार्यकर्ताले रोकेका थिए । निर्वाचनको मौन अवधिमा आचारसंहिता बढ्ने, उल्लङ्घन भएपनि निर्वाचन अधिकृतको कार्यालयले भने निर्वाचन आचारसंहिताको उजुरी नआएको भन्दै टार्दै मुखदर्शक बनेको मतदाताले बताउने गरेका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहित सम्वन्धी कुनै पनि उजुरी नपरेको देखिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले शिक्षकहरूले आचारसंहिता विपरीत कार्यहरूमा संलग्न भएको भन्ने कहि कतैबाट उजुरी नपरेको र निर्वाचन आचारसंहिता विपरीत कार्यमा संलग्न भएको भन्ने उजुरी आएको खण्डमा कारवाही प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…