मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरेको आरोपमा मेयर पदका उम्मेदवारविरूद्ध उजुरी
वैशाख २७ गते मध्य रातिदेखि लागू भएको मौन अवधिमा सिद्धिचरण नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवारी दिनु भएका तेजेन्द्र खनालले मौन अवधिमा कार्यकर्ता भेला तथा अन्तरक्रिया गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले चुनाव प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने उल्लेख गरिएको भएपनि वैशाख २८ गते नेपाली कांगेसका जिल्ला सभापति तथा मेयर पदका उम्मेदवार खनालले विपरित हुने गरी कार्यकर्ता भेला गरेको आरोपमा सिद्धिचरण नगरपालिका–३ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शिव बानिया र नेकपा एमाले नेता शङ्कर राईले वैशाख २८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ ।
उजुरीमा नेपाली कांग्रेस जिल्ला सभापति तथा गठबन्धनबाट मेयर पदका उम्मेदवार खनाल, कांग्रेसबाट सिनपा–३ का वडाध्यक्ष पदका उम्मेदवार सिताराम दाहाल, नेपाली कांग्रेस नेता तथा वडा सदस्य पदका उम्मेदवार डिल्लीराम खनाल लगायतका कांग्रेस नेता कार्यकर्ताले मौन अवधि उल्लङ्घन गर्दै आमभेला गरेकाले कारवाहीको माग गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले उजुरी दर्ता भएर छानबिन सुरू गरिएको बताउनु भयो ।
जिल्लामा चुनावी प्रचार अभियानका दौडान आचारसंहिता उल्लङ्घनका घटनाबारे कुनै उजुरी नपरे पनि मौन अवधिमा सुरू भएपछि भने आचारसंहिता उल्लङ्घन बारेमा उजुरी परेको मुख्य निर्वाचन अधिकृत केसीको भनाइ छ ।
दर्ता भएका उजुरी माथि तत्काल छानबिन गरी दोषी ठहरिए कानुन बमोजिम कारबाही हुने मुख्य निर्वाचन अधिकृत केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…