मौन अवधिका समयमा झडप

  ०७९ वैशाख २९ गते

हिलिहाङ गाउँपालिका–६ मा पाँचदलीय गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबिच झडप भएको छ ।

वैशाख २८ गते राति भएको झडपमा हिलिहाङ गाउँपालिका–६ का नेकपा एमालेका २४ वर्षीय कार्यकर्ता अनिल योङहाङको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

हिलिहाङ गाउँपालिका–६ मा गठवन्धनका तर्फबाट नेपाली कांग्रेसबाट वडा–६ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका गणेश योङहाङको नेतृत्वमा झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

टाउकामा चोट लागेका अनिल योङहाङको पाँचथर अस्पतालमा उपचारपछि घर लगिएको लगिएको छ ।

गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका जिल्ला सचिव तथा  निवर्तमान जिल्ला समन्वय प्रमुख बिष्णु सापकोटासहितको टोली माथि आक्रमण गरेपछि झडप भएको डिएसपी थापाले बताउनु भयो ।

प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेको जानकारी दिएको छ । झडपका क्रममा एउटा मोटरसाइकलमा समेत क्षति पुगेको छ ।

photo 20220512 Pachathar (1)

 


सहमान विश्वकर्मा