मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीद्वारा निर्वाचन बहिष्कार गर्न आवहान गर्दै घर दैलो

  ०७९ कात्तिक २२ गते

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका कार्यकर्ताहरुले निर्वाचन बहिष्कार गर्न राप्ती सोनारी गाउँपालिका –५ सन्तपुरमा कात्तिक २१ गते घर दैलो सुरू गरेको छ ।

राप्ती सोनारी गाउपालिका–३, ४ र ५ वडामा भोट नहाल, निर्वाचन बहिष्कार गर भन्दै माइकिङ्ग ,पर्चा पम्पलेट गर्दै घरदैलो गरिरहेको बेला इलाका प्रहरी कार्यालय धामपुरबाट खटिएको प्रहरी टोलीले रोक्न खोज्दा धरपकड भएको सई प्रविन डाँगीले बताउनु भयो ।

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको कुनै औचित्य नरहेको भन्दै बसमा आएका २०/२२ जनाको समूहले मतदाताहरूलाई डर त्रास बढाउने तथा निर्वाचन बिथोल्ने प्रयास गरिरहेका थिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्सपेक्टर प्रकाश कार्की नेतृत्वको थप प्रहरी टोलीले उनीहरूलाई  फिर्ता पठाएको सई डाँगीले  बताउनु भयो ।


लक्ष्मी थारू