मोसो दलेर शिक्षकलाई दुर्व्यवहार
कुम्पुर गाविस-८ स्थित बागबच्छला आधारभूत विद्यालयका शिक्षक ३७ वर्षीय गणेश श्रेष्ठलाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूले पुस ११ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
विद्यालयमा हाजिर भएर परीक्षामा गार्ड बसेको बेला सोही विद्यालयका विद्यार्थीहरूले मोसो दलेर जुत्ताको माला लगाएको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बद्री अधिकारीले पुस ११ गते नै विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन् ।
केही अभिभावक आएर विद्यालयमा पढाउने नैतिकता नभएको भन्दै विद्यालय छाड्न शिक्षक श्रेष्ठलाई दबाव दिएपछि शिक्षक श्रेष्ठले विद्यालय छाडेर सदरमुकाम गएको विद्यालयका प्रधानाध्यापक इन्द्र श्रेष्ठले जानकारी दिए ।
एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा शिक्षक श्रेष्ठलाई ०७३ मङ्सिर २३ गते प्रहरीले गिरफ्तार गरेकोमा जिल्ला अदालतको पुस ७ गतेको आदेशले ३५ हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।
धरौटीमा रिहा भएपछि विद्यालय हाजिर हुन गएका शिक्षकको नैतिकतामाथि समेत प्रश्न उठाउँदै केही अभिभावकसमेत मिलेर अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले दुर्व्यवहार गरेको जनाइएको छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…