मोसो दलेर दुर्व्यवहार, पाँच जनाविरुद्ध उजुरी

  ०७७ वैशाख ७ गते

मध्यविन्दु नगरपालिका–९ का ३७ वर्षीय विष्णु भण्डारीलाई वैशाख ५ गते स्थानीय केही व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिनुभएको छ ।

पीडितले मध्यविन्दु–९ का ६५ वर्षीय रन बहादुर बिक, २७ वर्षीय दिपक बिक, ६० वर्षीय हरि बिक, २३ वर्षीय प्रमोद बिक र ५५ वर्षीय नरबहादुर कुमालविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सोही दिन उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी दिलिप कुमार गिरीले इन्सेक  प्रतिनिधिलाई बताउनुभयो ।

घटनापछि फरार रहेका आरोपितहरुको खोजी कार्य भइरहेको र उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा वैशाख ५ गते अभद्र व्यवहार शीर्षक अन्तर्गत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।


तिर्थराज डुम्रे