मोसो दलेर दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
बेलबारी नपा-२ की १४ वर्षीया एक बालिकालाई पैसा चोरेको आरोपमा मोसो दलेर जुत्ताको माला लगाई गाउँ घुमाउने सोही ठाउँका ४५ वर्षीया दुर्गा चौधरी र ५० वर्षीय कुलदिप कुँवरलाई असोज १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
दलित समुदायकी १४ वर्षीया बालिकामाथि आरोपितद्वयले करिव ५/६ सय रुपियाँ चोरी गरेको आरोप लगाउँदै असोज १९ गते मोसो दलेर जुत्ताको माला लगाएर दुर्व्यवहार गरी गाउँ घुमाउँदै गरेको अवस्थामा प्रहरीले बालिकाको उद्धारसमेत गरेको थियो ।
इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर रामजी कटुवालले घटनामा अगुवाको रूपमा संलग्न दुवै आरोपितलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको जानकारी दिए ।
यसैबिच पीडितकी आमाले आफ्नो छोरीले चोरी नगरेको जनाउँदै आफूहरूको आर्थिक हैसियत कमजोर भएकै कारण यस किसिमले सामाजिक रूपमा अपमानित हुनु परेकोले न्यायको लागि सहयोग गरिदिन सङ्घसंस्थामा आग्रह गरेकी छन् ।
इन्दिरा भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…