मोसो दलेर दुर्व्यवहार गरेको घटनाका आरोपितहरु गिरफ्तार

गुर्भाकोट नगरपालिका-७ मेलहलकुना स्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुख ३३ वर्षीय दिपेन्द्र कट्टेललाई माघ २५ गते मोसो दलेर दुर्व्यवहार गरेको घटनाकाे आरोपमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका कार्यकर्ता गुर्भाकोट नगरपालिका–९ का २० वर्षीय विष्णुहरि घर्ती र मुगु जिल्लाको सोरु गाउँपालिका–८ का रामबहादुर विकलाइ प्रहरीले माघ २५ गते गिरफ्तार गरेको छ ।

मोसो दलेर भाग्दै गरेका दुबै आरोपितलाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

तीन जनाको समूहमा कार्यालयमा आएका केही कुरा सोधपुछ गर्नु छ भनी एसिड र अलकत्रा निकालेर अनुहार तथा शरीरमा लगाएर भागेको पीडितपक्षले आरोप लगाउनु भयो ।

एसिड प्रहार गरेर ज्यान मार्ने किसिमले आक्रमण भएको भनी पीडितपक्षले माघ २५ गते इलाका प्रहरी कार्यालय, छिन्चुमा दिएको उजुरीमा उल्लेख छ ।

घटनाको थप अनुसन्धान भइरहेको डिएसपी  शाहीले बताउनुभयो ।


जगतदल जनाला विक