मोसो दलेर दुर्व्यवहार गरिएको पीडितको आरोप
दोलखा, स्थायी घर भइ धनकुटामा ठेक्कापट्टाको कार्य गर्दै आउनु भएका ४० वर्षीय प्रदीप कार्कीले आफूलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ ।
धनकुटा नगरपालिका-१ हिलेमा काम गरिरहेका अवस्थामा मजदूरहरूलाई ज्याला नदिइ श्रमशोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै हिलेस्थित सिजाली टोलमा ०८० असोज ९ गते क्रान्तिकारीका कार्यकर्ताले दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।
सुपेरियर मालिका जेभी कम्पनीका ठेकेदार कार्कीलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कम्पनीले धनकुटाको हिलेमा कबड हल निर्माणको काम गरिरहेको बेला मोसो दलेका हुन् ।
प्रदेश सरकारको ३ करोड ५० लाख रुपियाँ लागतमा कवड हल निर्माण भइरहेको छ । सोही हल निर्माणका क्रममा एक दर्जनको सङ्ख्यामा रहेका सो पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएर मोसो दलेर दुर्व्यवहार गरिएको पीडित कार्कीले बताउनु भयो ।
कार्कीले चन्दा मागेकोमा आफूले दिन नसकेका कारण उनीहरूले दुर्व्यवहार गरेको बताउनु भयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला संयोजक मोहन घलेले घटनाको जिम्मेवारी लिँदै मजदूरहरूलाई ज्याला नदिइ श्रमशोषण र दुर्व्यवहार गरेकाले मजदूरहरूको ज्याला एक महिनाभित्र भुक्तानी गर्न चेतावनी स्वरूप मोसो दलिएको बताउनु भयो ।
मोसो दलेको घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयका डिएसपी होमप्रसाद अधिकारीले मोसो दलेको नभइ धम्की दिएको जानकारी मात्र आएको बताउनु भयो ।
ठेकेदारलाई मोसो दलेको विषयमा प्रहरीमा कुनै जानकारी तथा उजुरी नआएको डिएसपी अधिकारीले बताउनु भयो ।
पहिले प्रतिबन्धित पार्टीमा लागेका र प्रहरीमा मुद्दा पनि भएका व्यक्तिहरूले धम्क्याएको भन्ने जानकारी आएको तर, मोसो दलेको बारेमा कुनै जानकारी नआएको डिएसपी अधिकारीले बताउनु भयो ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।
दुर्व्यवहार घटनाका पीडित ठेकेदार प्रदीप कार्कीले प्रहरीमा उजुरी दिनु भएको छैन ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा पाँच वर्ष र ६ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालतले सुर्खेत जिल्लाको गर्भाकोट नगरपालिका-९ की ४६ वर्षीया चन्द्रा वलीलाई पाँच वर्ष कैद सजाय र रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका-३ का ५०…
खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित पति गिरफ्तार
अन्नपूर्ण गाउँपालिका घर भई पोखरा महानगरपालिका बस्दै आएकी ४० वर्षीया राधिका कुँवरलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति जहरसिंह कुँवरलाई भदौ २६ गते गिरफ्तार गरेको छ…
इन्सेक मधेस प्रदेशद्वारा बलात्कार घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले १८ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाको अनुगमन ०८१ भदौ २४ गते गरेको छ । घटनाको अनुगमन इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको…
एकीकृत गुठी ऐन तत्काल बनाउन किसानको माग ! (फोटो फिचर)
दाङका स्वर्गद्वारी गुठीपीडित किसानले तत्काल एकीकृत गुठी विधेयक संसदमा दर्ता गरी कानुन बनाउन सरकारसँग माग गरेका छन् । तीन पुस्तादेखि जोगभोग गर्दै आएको जग्गामाथिको अधिकार किसानले पाउन नसकेको भन्दै गुठीपीडित…
पत्निको हत्या आरोपमा पति गिरफ्तार
निजगढ नगरपालिका-९ भमरा टोलकी ३८ वर्षीया लक्ष्मी राईलाई ४२ वर्षीय पति बिमल बस्नेतले ०८१ भदौ २५ गते घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालयले सोही दिन गिरफ्तार…