मोसो दलेको आरोपमा पाँच जना गिरफ्तार
सुनसरी जिल्ला, धरान उपमहानगरपालिका-१२ स्थायी घर भइ हाल मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय ज्येष्ठ नागरिक हरिबहादुर विष्ट र उहाँकी बुहारी ३७ वर्षीया सरस्वती बस्नेत (विष्ट) लाई जेठ ४ गते मोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ ।
मोसो दलेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बेलबारी नगरपालिका-११ का ४० वर्षीय माधव बास्तोला, ४२ वर्षीय नगेन्द्र मिश्र, ६२ वर्षीय मोहन घिमिरे, ३१ वर्षीया सङ्गीता लुइँटेल र ३० वर्षीया पुतली खवासलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताउनु भयो ।
घटनाका आरोपितविरूद्ध पीडित पक्षले ०८१ जेठ ५ गते इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको एसपी कार्कीले बताउनु भयो ।
बेलबारी नगरपालिका-११ स्थित सुम्निमा चोकबाट जुरातर्फ जाने सडक निर्माणका क्रममा स्थानीय र विष्ट परिवारबीच विवाद भएको थियो । विवादकै क्रममा मोसो दलेर ससुरा बुहारीमाथि अमानवीय व्यवहार गरिएको एसपी नवराज कार्कीले बताउनु भयो ।
कोशी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत करिब साढे १२ किलोमिटर लम्बाइ र २४ फिट चौडाइको सडक निर्माण तीन वर्ष अघिबाट सुरु गरिएको थियो । विष्टको जग्गा हुँदै बाटो बन्ने क्रममा छ । निर्माणाधीन सडकले आफ्नो दुवैतर्फको जग्गा काट्ने भन्दै विष्टले विरोध गर्दै आउनु भएको छ ।
जग्गा धनीसँगको विवादका कारण सडक निर्माणले गति लिन सकिरहेको छैन । उक्त सडक निर्माण तत्काललाई अघि नबढाउन र जग्गा धनीसँग सहमति गरेर मात्रै काम गर्न उच्च अदालत विराटनगरले ०८१ वैशाख ६ गते आदेश दिएको छ ।
अदालतको आदेशपछि पनि जबरजस्ती काम अघि बढाउन खोजेको भन्दै जग्गा धनी विष्टका परिवार विरोधमा उत्रिएका थिए । उनीहरूले तत्काललाई सडकको काम अघि नबढाउन आग्रह गरेका छन् । त्यही विषयलाई लिएर विष्ट परिवार र स्थानीयबीच विवाद भएको प्रहरीले जनाएको छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशको निर्वाचन परिणाम
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशको १ गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा १ गाउँपालिका अध्यक्ष र ६ जना वडाध्यक्ष पदको परिणाम घोषणा भएको छ ।…
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…