मोर्चाद्वारा सडक छेकेर निर्वाचन कार्यालयमा धर्ना
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले वैशाख ३ गते राजविराज नपा-८ स्थित सडक छेकेर जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिएको छ ।
मोर्चाको माग सम्बोधन हुने गरी संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने भन्दै मोर्चाका नेता, कार्यकर्ताहरूले बिहान १० बजेदेखि ४ बजेसम्म सडकमा पाल टाँगेर निर्वाचन कार्यालय घेराउ गरी धर्ना दिएका हुन् ।
सरकार, प्रतिपक्षी दल नेकपा (एमाले) र निर्वाचन आयोगविरूद्ध नाराजुलुस लगाउँदै जिल्ला निर्वाचन कार्यालय पुगेका प्रदर्शनकारीले कार्यालय अगाडि सडकमा धर्ना दिनुका साथै कोणसभा गरेका छन् । मोर्चाको प्रदर्शनका कारण कार्यालयको कामकाज ठप्प रहनुका साथै स्थानीयबासीलाई आवतजावतमा समस्या भयो ।
सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले संविधान संशोधन नभएसम्म आन्दोलन जारी राख्ने र यथास्थितिमा जबरजस्ती चुनाव गर्न खोजे सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…