मोर्चाद्वारा महोत्तरीमा मसाल जुलुस प्रदर्शन
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुर्व निर्धारित कार्यक्रम अनुसार वैशाख ५ गते मसाल जुलुस प्रदर्शन गरेको छ ।
संविधान संशोधन बिना चुनाव हुन नदिने अडान लिएको मोर्चाले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमको पहिलो दिन खबरदारी स्वरुप मसाल जुलुस निकालेको जनाएको छ ।
निर्वाचनको कुनैपनि काम अगाडि बढन नदिने भन्दै मोर्चा आबद्ध नेताहरूले आगामी दिनमा आन्दोलन थप शसक्त बनाएर लैजाने बताएका छन् ।
मोर्चा आबद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्मा र सदभावना जिल्ला अध्यक्ष रामबावु साह तथा केन्द्रीय तथा जिल्ला स्तरका नेताहरूले महोत्तरीमा संशोधन बिना निर्वाचन गराउनु भन्दा पहिले आफूहरूलाई सिध्याउन चेतावनी दिए । उनीहरूले आफूहरूको शरीरमा प्राण रहेसम्म संशोधन बिनाको चुनाव कुनैपनि हालतमा रोक्ने बताए ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…