मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आसन्न निर्वाचन बहिष्कारको आह्वान गर्दै वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गरेका छन् । मोर्चाका संयोजक मुकुरजी गिरीको नेतृत्वमा पुगेको टोलीले एक घण्टा नाराबाजी गर्दै जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।
सो अवसरमा मोर्चाका कार्यकर्ताहरूले स्थानीय निर्वाचन बहिष्कार गरौँ, निर्वाचन कार्यक्रम बन्द गर लगायतका नारा लगाउँदै सरकार र प्रमुख प्रतिपक्षी दलको विरोध गरे ।
घेराउसँगै आयोजित कोणसभामा सङ्घीय समाजवादी फोरमका अध्यक्ष धरेन्द्र यादव, थरूहट मोर्चाका राधेश्याम चौधरी, मोर्चाका संयोजक मुकुरजी गिरीलगायतले मन्तव्य व्यक्त गर्दै कुनै पनि हालतमा स्थानीय निर्वाचन हुन नदिने चेतावनीसमेत दिएका छन् ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…