मोर्चाद्वारा अधिवेशन विथोल्ने प्रयास, माेर्चाका नेता कार्यकर्ता गिरफ्तार
नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान सङ्घको राजविराजमा माघ २८ गतेदेखि सुरू दोश्रो राष्ट्रिय अधिवेशनको व्यानर, झण्डा च्यात्दै अध्यक्ष नारायणमान विजुच्छेविरूद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरूले नाराबाजी गरेर बिथोल्ने प्रयास गरे ।
अधिवेशनको उद्घाटन समारोह विथोल्न पुगेका मोर्चाका कार्यकर्ताहरू र आयोजकबिच झडपको सम्भावना बढेपछि मोर्चाका ४८ जना स्थानीय नेता, कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनायो ।
कार्यक्रममा अवरोध पुर्याउन खोजेको आरोपमा नियन्त्रणमा लिइएका मोर्चाका जिल्ला अध्यक्ष अमरनाथ मण्डल, रामसपाका जिल्ला अध्यक्ष सतिश सिंह, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष हरेराम यादव, सद्भावना विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादवसहित केही र्सवसाधारण समेत गिरफ्तार भएका थिए ।
नियन्त्रणमा लिइएकाहरूलाई सङ्घको उद्घाटन सकिएपछि माघ २८ गते अपरान्ह रिहा गरिएको डिएसपी दानबहादुर कार्कीले बताए । पार्टी अध्यक्ष बिजुक्छे बिरामी परेका कारण उपस्थित हुन नसकेपछि पार्टी सचिव सुनिल प्रजापतिले अधिवेशनको उद्घाटन गरेका थिए । ५० जिल्लाका २ सय ५० जना प्रतिनिधि, पर्यवेक्षक रहेको अधिवेशन माघ २९ गतेसम्म चल्ने जनाइएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…