मोर्चाका कार्यकर्ताद्वारा एमाले कार्यकर्तालाई दुर्व्यवहार

नेकपा एमालेको कलैयास्थित पार्टी कार्यालयका सचिव कलैया नपा-५ का ५३ वर्षीय शङ्कर भट्टराई र कलैया नगर कमिटी सदस्य कलैया नपा-२ का ५० वर्षीय रामएकवाल पटेललाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले फागुन २५ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

'मोर्चाका कार्यकर्ताले मलाई एमालेको कर्मचारी भएर हिँडेको भन्दै मोसो दलेका हुन् ।'-पीडित भट्टराइले भने । यसैबिच फागुन २३ गते साँझ कलैयास्थित एमालेको कार्यालयमा आगजनी गरिएको थियो । तर, उक्त आगजनीको जिम्मेवारी मोर्चाले लिएको छैन ।

भुइतालाको बैठक कोठाको ढोका फोरेर ढोका र कोठाभित्र रहेका दराजमा आगो लगाइए पनि प्रहरी तत्कालै पुगेर क्षति हुनबाट जोगाएको डीएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।


लक्ष्मीसाह सोनार