मोर्चाका कार्यकर्ताद्वारा शान्ति समितिको कार्यालयमा आगजनी

राजविराज नपा-६ स्थित स्थानीय शान्ति समितिको कार्यालयमा फागुन २४ गते दिउँसो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताहरूले आगजनी गरेका छन् ।

photo20170307mahottari

कार्यालयको बोर्डलगायतका सामग्रीहरु तोडफोड गर्दै मोर्चाका कार्यकर्ताहरूले आगजनी गरेका हुन् । आगजनीबाट कार्यालयभित्र रहेका फर्निचर सामग्रीलगायत कागजातहरू जलेर क्षति पुगेको छ ।

स्थानीय शान्ति समितिको संयोजकमा हाल नेकपा (एमाले) सप्तरीका जिल्ला सदस्य निरञ्जन झा रहेका छन् ।


मनोहरकुमार पोखरेल