मोर्चाका कार्यकर्ताद्वारा सर्वसाधारणको मोटरसाइकलमा आगजनी
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले मङ्सिर ६ गते लु १७ प १८४७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताहरूले सुनवल नपा-५ बनकट्टी निवासी खडानन्द पाण्डेको मोटरसाइकललाई हरपुर गाविस-९ स्थित परासी-महेशपुर सडक खण्डमा आगजनी गरेको पीडितले बताए ।
भारतको ठुटीबारी बजारबाट गहुँको बीउ ल्याउँदै गर्दा मोर्चाका कार्यकर्ताले मोटरसाइकलमा आगजनी गरेको पीडितले बताए । संयुक्त मधेशी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले सो आगजनीको जिम्मा लिँदै संविधान संशोधन नगरिएसम्म मोर्चाका आन्दोलनका कार्यक्रमहरू जारी रहने बताए ।
दीपावली र छठ पर्वमा बन्द खुलाएको मोर्चाले मङ्सिर ५ गतेदेखि सशक्त बन्द गर्ने भनी गरेको घोषणाले जिल्लाको दक्षिणी क्षेत्र प्रभावित भएको छ ।
यसैबीच, सङ्घीय संरचना अनुसार स्थानीय तहको खाका तयार गर्न बसेको सर्वदलीय बैठकका क्रममा असन्तुष्टि जनाउँदै मधेसवादी दलका कार्यकर्ताले निर्णय पुस्तिका कब्जामा लिएका छन् ।
जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी लालप्रसाद शर्मा पौडेलको अध्यक्षतामा मङ्सिर ६ गते जिल्ला विकास समितिमा बसेको बैठकमा सर्वदलीय बैठकका संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरूले असहमति जनाउँदै बैठकको निर्णय पुस्तिका कब्जा गरेका थिए ।
बैठकमा सहभागी अन्य दलका प्रतिनिधिहरू सात वटा नगरपालिकालाई कायम राख्दै आठ वटा गाउँपालिका बनाउन सहमत भए पनि सीमाङ्कनको टुङ्गो नलागेसम्म स्थानीय तह बनाउन नहुने भन्दै मोर्चाका कार्यकर्ताहरूले विरोध गरिरहेका थिए ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…