मोरङ कारागारमा कैदीको मृत्यु
बलात्कार मुद्दामा कैद भुक्तान गरीरहेका रतुवामाई नगरपालिका–८ का ४३ वर्षीय नारायण थापाको कात्तिक २४ गते राति मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला अदालतको आदेशमा बलात्कार शीर्षकमा ०७२ भदौ १ गते कैद सजाय भुक्तानका लागि कारागार आएका ४३ वर्षीय थापाको मृत्यु भएको कारागारका निमित्त जेलर नारायणप्रसाद पोखरेलले बताउनु भयो ।
कात्तिक २४ गते राति थापाले अचानक पेट दुख्ने र सास फेर्न गाहृो भएको बताएपछि उपचारका लागि कोशी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको निमित्त जेलर पोखरेलले बताउनु भयो ।
यसअघि ०७८ भदौ १७ गते कारागार व्यवस्थापन विभागले मोरङ कारागारमा विराटनगर महानगरपालिका–११ का अपहरण मुद्दाका दोषी अभिषेक गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ कारागारमा सरूवाका लागि पत्र पठाएपछि कारागारभित्र रहेका कैदीबन्दीले अभिषेक गिरीविरूद्ध प्रर्दशन गर्दै आएका थिए ।
कारागार प्रशासनले अभिषेक गिरीलाई डिल्लीबजार कारागार काठमाण्डौंबाट मोरङ ल्याउँदा विरोधमा उत्रिएका कैदीमध्ये थापा एक रहेको कैदीबन्दीले बताएका छन् ।
कात्तिक २३ गते कारागारभित्र कैदीबन्दीबिच झडप भएको थियो । सो झडप गिरीकै योजनामा भएको कैदीबन्दीका आफन्तको भनाइ छ । झडपमा परी ६ जना घाइते भएका थिए ।
सो झडपमा चौकीदार किरण गुरुङसहित शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएका थिए ।
झडपपछि कारागार प्रशासनले गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित १४ जना कैदीबन्दीलाई झुम्का कारागार र झापा कारागारमा सरुवा गरेको थियो ।
झडपमा परी घाइते भएका मध्ये अन्यको सरूवा भएपनि थापाको सरूवा नभएको कारागारका निमित्त जेलर पोखरेलले बताउनु भयो ।
इन्सेक प्रतिनिधिसँगको फोनमा निमित्त जेलर पोखरेलले भन्नुभयो– कात्तिक २३ गतेको झडपका क्रममा कैदीबन्दी बस्ने कोठाभन्दा बाहिर आएकाहरूलाई सरूवा गरिएको थियो, थापा कोठाभित्रै भएकाले उनलाई सरूवा गरिएको थिएन ।
स्वास्थ्यमा समस्या भएपछि कोशी अस्पताल लैजाने क्रममा मृत्यु भएका थापाको शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको निमित्त जेलर पोखरेलले बताउनु भयो ।
जेलर पोखरेलका अनुसार मृत्तकका आफन्त आएपछि शवको पोष्टमार्टम गरिने छ ।
अर्जुन दर्जी
सम्बन्धित समाचारहरू
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…