मोरङमा ५१ मतदानस्थल अति सम्वेदनशील
मोरङमा निर्वाचन सुरक्षाका हिसावले ५१ ओटा मतदानस्थल अति सम्वेदनशील रहेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले ३ सय मतदानस्थलमा ५१ मतदान स्थल अति सम्वेदनशील रहेको बताए ।
त्यसैगरी ९९ मतदानस्थल सम्वेदनशील र १ सय ५० मतादानस्थल सामान्य रहेको समेत प्रमुख सञ्जेलले बताए । जिल्ला सुरक्षा समितिले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मतदानस्थलको वर्गिकरण गरेको हो । ३ सय मतदानस्थलमा ७ सय ५८ मतदान केन्द्र रहेका छन् ।
देशभरमै सबैभन्दा बढी मोरङमा ६ लाख ४४ हजार ७ सय ८२ जना मतदाता रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार विसीले सुरक्षा अवस्था मजबुत बनाउन सीमा कडाई, निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई गिरफ्तार, सिभिल प्रहरी परिचालनलगायतका काम भइरहेको बताए ।
इन्दिरा भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…