मोतिपुर घटनाका घाइते प्रहरीलाई भेट गर्न रोक

  ०७८ असोज २६ गते

बुटवल उमनपा–१७ मोतिपुरमा असोज २४ गते भएको घटनाका क्रममा घाइते भएका प्रहरीलाई भेट गर्न अस्पताल प्रशासनले रोक लगाएको छ ।

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचाररत प्रहरी र प्रदर्शनकारीको अवस्था बारे असोज २५ गते जानकारी लिन पुगेकी इन्सेक प्रतिनिधि रिमा बिसीलाई अस्पताल प्रशासनले रोक लगाएको हो ।

अनुगमनका क्रममा सात जना प्रहरी र १२ जना प्रदर्शनकारी रहेको अस्पतालका प्रशासक तेज केसीले बताउनुभयो ।

अस्पतालमा रहेका १२ जना घाइते गुल्मी खैरेनीका ३३ वर्षीय जङ्गबहादुर परियार, पाल्पा जिल्ला हुमिनका ३५ वर्षीय दिशा मगर, पाल्पाकै ३० वर्षय प्रेमबहादुर कुर्मी, नवलपरासी प्रतापपुर गाउँपालिका ६ का २२ वर्षय सर्वेस केवट, तिलोत्तमा नपा–९ का मेघराज रोक्का क्षेत्री, मर्चवारी गाउँपालिका–३ का ५० वर्षीय श्रीष चन्द कुर्मी, पाल्पा जिल्ला मदनपोखरा गाउँपालिका–८ का ३४ वर्षीय पुनबहादुर प्रिती घर्ती, ओमसतिया गाउँपालिकाका ६२ वर्षीया मनरुपा झा, नवलपरासी वर्दघाट नपा–६ का ३० वर्षीय विष्णु परियार, पाल्पा तिनाउ गाउँपालिका–२ का १९ वर्षीय समिर थापा, सैनामैना नपा–८ का ३२ वर्षीय सन्तोष सुनार, अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–२ का २४ वर्षीय मेघबहादुर कुमाललगायत रहेका छन ।

घटनामा घाइते प्रदर्शनकारीमध्ये धेरैको हातगोडा भाँचिएको, टाउको फुटेको छ । घाइते प्रहरीलाई भेट गर्नका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको अनुमति चाहिने भन्दै अस्पताल प्रशासनले भेट गर्न नदिएको बिसीले बताउनु भएको छ ।
photo20211012rupandehi (1)

photo20211012rupandehi (2)

photo20211012rupandehi (3)

photo20211012rupandehi (4)

photo20211012rupandehi (5)

photo20211012rupandehi (6)

photo20211012rupandehi (7)

photo20211012rupandehi (8)

photo20211012rupandehi (9)


अनलाइन डेस्क