मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध जनाएका छन् ।
“हर्क साम्पाङ्गको मनमौजी शासन, बेतिथिको दलदलमा धरान” शीर्षकमा खोज पत्रकारिता केन्द्रका लागि ०८१ मङ्सिर १६ गते समाचार प्रकाशन भएपछि मेयर साम्पाङ्गले हर्क साम्पाङ ए रिभुलुसन फेसबुक पेजमार्फत मङ्सिर १९ गते धम्की दिएपछि पत्रकारहरूले त्यसको विरोध गरेका छन् ।
समाचार लेख्ने पत्रकार दाहाललाई मेयर साम्पाङ्ग बेइज्जत गरिदिने र शीर ठाडो पारेर हिड्न दिने छैन भनेर धम्की दिएका छन् । नेपाल पत्रकार महासङ्घ, सुनसरी शाखाका अध्यक्ष जनक ऋषि राईको फुरफुर धेरै भएकाले त्यसलाई पनि ठिक गर्ने धम्की मेयर साम्पाङ्गले आफ्नो फेसबुक पेजबाट दिएका छन् ।
पत्रकारलाई सामाजिक सञ्जालबाट धम्क्याएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले विज्ञप्ति जारी गरेर घटनाको विरोध जनाएका छन् ।
घटनाका विषयमा लिखित उजुरी नपरेपनि मेयर साम्पाङ्गले धम्की दिएको भनेर पीडित पत्रकारहरूले मौखिक जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका एसपी सुमनकुमार तिम्सिनाले बताउनु भयो ।
मेयरको धम्कीपछि पत्रकार गोपाल दाहालले असुरक्षित महसुस भएको बताउनु भएको छ ।
घटनाको पत्रकारसम्वद्ध संस्थाले विज्ञप्तिमार्फत विरोध जनाएका छन् ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
ड्युटीमा खटिएका प्रहरी जवानद्वारा आफूमाथि गोली प्रहार गर्दा घाइते
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले ०८१ माघ ९ गते राति ड्युटीमा रहेको बेला आफैँलाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…