मेयरका स्वकीय सचिवमाथि कार्यकक्षमै कुटपिट
पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनका स्वकिय सचिव अशोक मरहट्टाले माघ ७ गते आफुमाथि कार्यकक्षमै कुटपिट भएको बताउनुभएको छ ।
पालुङटार नगरपालिका–२ का दुर्गालाल श्रेष्ठले चुनावको वेलाको खर्चको विषयलाई लिएर कुटपिट गरेको मरहट्टाले बताउनुभयो । कुटपिट गर्ने श्रेष्ठ माओवादीका पालुङटार–२ नम्वर वडाका वडा इन्चार्ज भएको र आफु पनि माअेवादी निकटकै भएको पीडीतले बताउनुभयो ।
देव्रे गाला र गर्दनमा चोट लागेका मरहट्टाको आपपिपल अस्पतालमा उपचार पछि माघ ७ गते नै घर फर्किनुभएको छ । माघ ७ गते नै इलाका प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै निवेदन दिएको पनि मरहट्टाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले कुटपिट घटनावारे अनुसन्धान भइरहेको बताउनुभयो ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…