मेडिकल सञ्चालकलाई कुटपिट गरेको विषयमा प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन
मेडिकल सञ्चालकलाई कुटपिट गरेको विष्यमा प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन
प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जेठ १२ गते बिहान बीरगंज महानगरपालिका–८ मा प्याथो सर्जिकल हाउसमा प्रवेश गरी जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रल्हाद कार्कीले त्यहाँ कार्यरत २५ वर्षीय अफरोज अहम्मदलाई कुटपिट गरेको घटनालाई छानबिन गर्न एउटा समिति बनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईको संयोजकत्वमा घटनाको छानबिन गर्न समिति बनाइएको प्रदेश प्रहरी कार्यालयका डिआइजी धिरज सिंहले बताउनु भयो ।
प्रदेश प्रहरी कार्यालयले जेठ १३ गते एक विज्ञप्ति जारी गर्दै बीरगंजमा भएको गैरव्यवसायिक घटनाको छानबिन गरी दोषी देखिएमा प्रहरी नियमावली अनुसार कारवाही गरिने जनाएको छ ।
जेठ १२ गते बिहान जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रल्हाद कार्कीले १६ दिनदेखि जारी निषेध आदेश कडा बनाउन बजार बन्द गराउने क्रममा मोबाइलबाट भिडियो रेकर्ड गरेको आशङ्कामा डिएसपी कार्कीले प्याथो सर्जिकल नामक मेडिकल पसलमा प्रवेश गरी अहम्मदलाई कुटपिट गरेको आरोप छ ।
‘छेउको किराना पसल बन्द गराइरहनु भएको थियो । यही बेला मेरो ‘स्टाफ’ पसल खोल्न आयो । पसलको सटर खोल्दै ऊ भिडियो कलमा कुरा गरिरहेको थियो ।’–सर्जिकल हाउसका प्रमुख करण पटेलले भन्नु भयो–‘डिएसपीज्यूलाई भिडियो खिचे जस्तो लागेछ । उहाँ एकाएक पसलमा आएर सोध्दै नसोधी कुटपिटमा उत्रिनु भयो ।’
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी बेलबहादुर पाण्डेले गल्ती नै भएको स्वीकार गर्नु भएको छ । ‘लकडाउनमा कडाइ गर्न खोज्दा यो घटना भएको हो ।’–उहाँले भन्नु भयो । यसमा अर्को कुनै नियत नरहेको भन्दै यस्ता घटना हुन नदिने गरी सच्याउने उहाँले बताउनु भयो ।
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…