मृतकका परिवारलाई दुई लाखको दरले राहत वितरण
भूकम्पको कारण मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले राहत रकम वितरण गर्न थालेको छ । प्रशासनले मृतकको घरमै गएर मृतकका परिवारलाई दुई लाखको दरले राहत दिएकाे हो ।
मृतकका नजिकका कानुनी हकवालालाई कात्तिक २४ गते देखि राहत रकम वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पीडित उद्धार राहतसम्बन्धी मापदण्ड, २०७७ अनुसार जनहि दुई लाख रुपियाँको दरले राहत वितरण गरिएको छ ।
एक घरका एक भन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र अन्य मृतकहरुलाई सङ्ख्याको आधारमा एक एक लाख गरेर उपलब्ध गराइएको हो । पहिलो दिन १६ जना मृतकका नौ परिवारलाई २५ लाख रुपियाँ राहत उपलब्ध गराइएको छ ।
सानीभेरी गाउँपालिका भित्रका १० जना मृतक र आठविसकोट नगरपालिकाका १४ छेपारे गाउँका छ जना मृतकका आफन्तजनलाई राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । पहिलो दिन २५ लाख रुपियाँ राहत रकम बाँडिएको हो ।
सरकारले गरेको निर्णयका आधारमा उक्त राहत उपलब्ध गराइएको हो । परिवारका सदस्य तथा घरवास समेत गुमाएको अवस्थामा मृतकका परिवारलाई केहि सहज बनाउन घरमै गएर राहत उपलब्ध गराइएकाे हाे ।
अन्य मृतकका परिवारलाई कात्तिक २५ गते सम्म राहत उपलब्ध गराइसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राहत रकमसँगै मृतकका परिवारलाई न्यानो कपडा समेत वितरण गरिएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परेर रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको थियो भने उपचारको क्रममा थप एक जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिकामा कार्यरत नगर प्रहरी जवान निरोज बिष्टको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । यससँगै भूकम्पको कारण रुकुमपश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।
हिरा परियार
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…