मुहान सुक्न थालेपछि खानेपानीको समस्या
मुहान सुकेपछि गाउँबस्तीमा खानेपानीको समस्या भएको छ । भूकम्पले ठाउँ ठाउँमा जमिन भासिएकाे कारण याे सुक्खा खडेरीमा मुहानमा पानी सुकेपछि खानेपानीको समस्या भएको हो । भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका विभिन्न गाउँ बस्तीमा पानीका मुहान सुकेपछि खानेपानीको हाहाकार भएको हो ।
गत कात्तिक १७ गते मध्यरात गएको भूकम्पले पानीका मुहान भासिएको थियो । मुहान भासिएपछि पानी घट्दै जाँदा चिन्तित बनेका गाउँबस्तीका नागरिकहरु सुक्खा खडेरीमा मुहानै सुकेपछि धारामा पानी आउन बन्द भएको छ । मुहानमै पानी सुकेपछि खानेपानीको समस्या भएको हो ।
नलगाड नगरपालिका–४ बाहुसेखोला स्थित जुम्ली गारे खानेपानी मुहान सुक्खा खडेरीले पानी सुकेपछि सो गाउँ १५ घरपरिवार खानेपानीकाे समस्यामा परेका छन् । भूकम्पले घरवारविहीन भएर खानाको जोहो गर्न मुस्किल भएका जनतालाई धारामा पानी नआएपछि समस्या भएकाे स्थानीय हेरम्व थापाले बताउनु भयो ।
नलगाड नगरपालिका–४ चच्चुलाईन खानेपानी मुहान र पाल्ता खानेपानी मुहान पनि भूकम्पका कारण जमिन फाँटेर सुक्न थालेका छन् । मुहानमा पानी आउन छाडेपछि कोटीगाउँका ४५ घरपरिवार, भात्चिउराका ३५ घरपरिवार, डिम्रापानी मुहानको प्रयोग गरेका १४ घर दलित परिवारलाई समस्या भएको छ । त्यसैगरी प्याराधारा खानेपानी मुहानमै पानी सुकेपछि उक्त गाँउबस्तीमा खानेपानीको हाहाकार भएको नलगाड नगरपालिका–४ का वडा अध्यक्ष बद्री बहादुर पन्तले बताउनु भयो ।
पन्चासे खानेपानी,लेईखोरे खानेपानी, पुरानागाउँ खानेपानी मुहानमा पानी आउन छोडेपछि घरआँगनको धारामा पानी खाएका १ सय ४० घरपरिवारले अहिले नाउला खाेलाको पशुचौपायले पिउने दुषित पानी पिउन खान बाध्य भएका छन् । नलगाड नगरपालिकाको १ देखि ७ नम्बर वडाका स्थानीय नागरिकले खानेपानीको समस्या भोग्नु परेको नलगाड नगरपालिका–५ का स्थानीय प्रेमबहादुर शाहीले बताउनुभयो ।
विगत वर्ष यस्तो समस्या थिएन अहिले भूकम्पले जमिन भासिएपछि पानीको मात्रा कम हुँदै गएकोले सुख्खा खडेरीमा मुहानमै पानी सुकेका कारण खानेपानीको समस्या भएको हो । अझै केही समय पानी परेन भने सुक्खा खडेरी बढ्दै गयो भने नाउला र डोप्कामा भएको पानी सुकेपछि झन हाहाकार हुने देखिएको उहाँको भनाइ छ ।
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…