मुस्ताङ जिल्ला अस्पतालमा ६ महिनादेखि शल्यक्रिया बन्द हुँदा सेवाग्राहीलाई समस्या
मुस्ताङ जिल्ला अस्पतालमा ०८० भदौ महिना देखि एमडिजिपीे चिकित्सकको अभाव हुँदा सामान्य सम्मको शल्यक्रिया पनि हुन नसक्दा सर्वसाधारणहरुलाई सास्ती भएको छ ।
पर्यटकलाई हाइअल्टिच्युटमा लेक लाग्ने तथा सामान्य दुर्घटना भएमा पनि शल्यक्रियाका लागि चार जिल्ला पार गरेर पोखरा पुग्नु पर्ने बाध्यता मुस्ताङका सर्वसाधारणको रहेको छ । संघीयता कार्यान्वयन सँगै मुस्ताङ अस्पताललाई २०७७ सालमा १५ शैय्या बाट २५ शैय्यामा स्तरोन्नती गरिएको थियो । जिल्लामा रहेको अस्पतालमै प्रयोग गर्न मिल्ने गरी ल्याब, युएसजीलगायतका संरचना निर्माण गरेको भए पनि त्यसलाई प्रयोग गर्ने जनशक्ति नहुँदा उपलब्ध भएका सामग्रीहरु पनि जिर्ण बन्दै गएको जोमसोमका व्यवसायी अमृत सुवेदीको भनाई छ ।
नेपाली तथा विदेशीहरु कुनै जटिल समस्या भएको खण्डमा तत्काल उपचार गर्न समस्या छ, सामान्य मात्रै शल्यक्रिया गर्नु पर्ने भएको खण्डमा कि बेनी कि पोखरा पुर्याउनु पर्छ– पर्यटन व्यवसायी सुवेदीको तर्क छ ।
जिल्ला अस्पतालमा एक जना नवौ तहका चिकित्सक सहित जम्मा १८ जनाको दरबन्दी स्वीकृत गरिएको छ । तर नवौं तहको चिकित्सक नै व्यवस्थापन गर्न सकेको छैन । हाल मुस्ताङ जिल्ला अस्पतालमा आठौं तहको स्थायी चिकित्सकसहित अरु दुई जना करारका एमबीबीएस चिकित्सक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट तेजस नेपालले जानकारी दिनुभयो । हाल भएको जनशक्तिले प्रसुती तथा अप्रेसन सेवा दिन अलिक जोखिम हुन्छ तर जोखिम नभएको भएको खण्डमा भने हामीले सेवा दिने गरेका छौं नेपालले भन्नुभयो ।
२०७८ सालमा अस्पताल व्यवस्थापन समिति र जिल्लाका पाँच स्थानीय तहका जनप्रतिनिधिले अस्पतालमा एमडिजिपी चिकित्सक भर्ना गर्ने र सबै स्थानीय तहले मासिक २० हजार रुपियाँ अस्पताललाई उपलब्ध गराउने सहमती गरेका थिए । त्यही सहमती अनुसार अस्पतालले पहिलो पटक एमडिजिपी चिकित्सक कुन्दन कर्णलाई मुस्ताङ अस्पतालमा करारमा ल्याइएको थियो । कर्ण २०७९ भदौ ४ गते अस्पतालबाट बिदा भएपछि त्यसको ६ महिना पछि तत्कालिन मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. बिशाल तिवारीलेको पहलमा अर्का एमडिजिपी चिकित्सक मुखिया घलेलाई मुस्ताङ अस्पताल ल्याइएको थियो । डा. घले पनि २०८० भदौमा अस्पतालबाट गए पछि हाल सम्म अर्को व्यक्ति ल्याउन नसकिएको डा.नेपालको भनाई छ ।
मुस्ताङ अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले अस्पतालका लागि एमडिजिपी चिकित्सकको व्यवस्थापन गरिदिन सम्बन्धित निकायमा धेरै पटक अनुरोध गरेको बताउनुहुन्छ । प्रदेश सरकारसम्म पनि पहलका लागि आवश्यक समन्वय भएको भए पनि काम हुन सकेको छैन गुरुङले भन्नुभयो । सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ तर हामीले भदौ देखिनै डाक्टर ल्याउन प्रयास गरेको भए पनि हाल सम्म पनि सफल हुन भने सकेका छैनौं गुरुङले बताउनुभयो ।
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…