मुद्दा फिर्ता र पुनरावेदन अवरोधप्रति गम्भीर ध्यानार्कषण
मन्त्री परिषदको जेठ ४ मा बसेको बैठकले निर्वाचन आचारसंहिता र सर्वोच्च अदालतले स्थापित गरेको नजिर विपरीत थरुहट र मधेस आन्दोलनमा जघन्य अपराधमा संलग्न ब्यक्तिलाई राजनीतिको आडमा 'आमउन्मुक्ति' दिने उदेश्यले उनीहरुको बिरुद्ध लागेको मुद्धा फिर्ता लिने कारबाही अगाडी बढाउन गरेको निर्णयप्रति जबाफदेहिता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
'दण्डहीनतालाई प्रश्रय दिने उक्त निर्णयप्रति घोर आपत्ति व्यक्त गर्दै तत्सम्बन्धी कारबाही तत्काल बन्द गर्न र दोषी उपर कानुनी कारवाही चलाउन समिति जोडदार माग गर्दछ ।'-विज्ञप्तिमा भनिएको छ ।
'यसका साथै, मैना सुनवार हत्याका ४ जना ओरोपितहरु मध्ये जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट सफाई पाएका निरन्जन बस्नेतका सन्दर्भमा पुनरावेदन गनुपर्ने वान्छनीय भएपनि काभ्रे जिल्ला न्यायाधिवक्ताको कार्यलयले उक्त मुद्धामा पुनरावेदन नगर्ने निर्णय गरी उच्च सरकारी वकिलको कार्यालयमा पठाएको र उक्त कार्यालयले अन्तिम निर्णयका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाएको भन्ने बुझिन आयो ।'- जारी विज्ञप्तिमा भनिएको छ ।
आफैले आरोपित गरी मुद्धा दायर गरेको व्यक्तिले सफाई पाउँदा जिल्ला न्यायाधिवक्ताको कार्यालयले एक तह पुनरावेदन गर्नैपर्ने कानुनी व्यवस्थालाई नजरअन्दाज गरी पीडकलाई उन्मुक्ति दिने कार्यतर्फ अघि बढ्नु खेदपूर्ण रहेको निगरानी समितिको ठहर छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…