मुढा तथा ढाका बुनाई तालिम पाएपछि कैदी/बन्दी खुसी
मुढा तथा ढाका बुनाई तालिम पाएपछि जिल्ला कारागारका कैदी/बन्दी खुसी भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा कारगारमा डेढ महिने तालिम सञ्चालन गरिएको थियो । २४ जना कैदी/बन्दीले तालिममा सहभागी भएर सीप हासिल गरेका छन् ।
वरिष्ठ उद्योग अधिकृत कृष्णप्रसाद पोख्रेलका अनुसार बाँसका मन्दिर, मुढा, र्याक, फोटो फ्रेम, पेन-स्ट्यान्ड र कुर्सी लगायतका सामग्री बनाउने सीप सिकाइएको थियो ।
कैदी नरबहादुर गुरुङले बाँस तथा ढाका बुनाई गर्ने गरेको भए पनि तालिमले अझ सहयोग पुगेको बताए । कारागार प्रमुख गोपालप्रसाद पाण्डेयले कारागार भित्रका कैदी/बन्दीले आफुले जाने अनुसारको उद्यम गरिरहेको बताए । कारागार भित्र उत्पादन भएका विविध सामग्रीहरूलाई घरेलु तथा साना उद्योग विकास समितको समन्वयमा सञ्चालित कोसेली मार्फत घरमा बिक्री वितरण गरिने घरेलु तथा साना उद्योग विकास समिति गुल्मीले जनाएको छ । 'घ' श्रेणीको जिल्ला कारागार गुल्मीमा अहिले ६६ जना कैदी/बन्दी रहेका छन् ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…