मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित
मतपेटिका शिलबन्दी गर्दा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि जिल्लाको मतगणना कार्य मङ्सिर १६ गते विहानैदेखि रोकिएको छ ।
हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतपेटीकामा मुचुल्का गरिएको भन्दा ३० मत बढी भेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पाैडेलले बताउनु भयो ।
प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ३० मत बढी गणनामा देखिएको हो ।
हिमाली गाउँपालिका–६ मतदान केन्द्रको (क) र (ख) गरी कुल १ हजार ७ सय २६ मतदाता रहेकोमा मुचुल्कामा १ हजार ४ सय ५० मत खसेको उल्लेख गरिएको छ । हिमाली गाउँपालिका नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेको गृह पालिका हो ।
हिमाली गाउँपालिका–६ मा नेपाली कंग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार पाण्डे नेतृत्वको टोली आएर बुथ कब्जा गरी मतदान कार्य सम्पन्न भइसकेपछि मतपेटिका कोठामा लिएर ६ सय बढी मत खसाइएको आरोप नेकपा एमालेले लगाउँदै आएको छ ।
मतदान अधिकृत लगायतका कर्मचारी, सुरक्षा निकाय सबैलाई प्रभावमा राखेर एकलौटी कब्जा शैलीमा मतदान गरेपछि शिलबन्दी गर्दा संख्या एकीन नभएको र बदमासी गरेर मतदान गरिएको प्रष्ट भइसकेकोले छानविनपश्चात मात्रै मतगणना सुरु गरिनु पर्ने नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर्णबहादुर थापाको भनाइ छ ।
हालसम्म बडीमालिका नगरपालिका–१ को (क) बुथ बाहेक सबै वडाको मतगणना भइसकेको, हिमाली गाउँपालिका वडा नम्बर ५ र ७ बाहेकको मत गणना सकिएको भएपनि सोही गाउँपालिका वडा नम्बर ६ को मत गणनामा विवाद देखिएपछि मतगणना कार्य स्थगित भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनु भयो ।
हालसम्मको मतगणनाको नतिजा अनुसार प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ५ हजार ३ सय ९९ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १ सय ३० मत प्राप्त गर्नु भएको छ ।
हालसम्म नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले १ हजार २ सय ६९ मतको अग्रता लिनु भएको छ ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…